Logo

प्रधानमन्त्री ओलीसँग भीम रावलको भलाकुसारी



काठमाडौं, १ जेठ । नेकपा (एमाले) को विवाद समाधानतर्फ अघि बढेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वान टु वान वार्ता र हिजो भएको दुवै पक्षबीचको वार्ता सकारात्मकतर्फ अघि बढेको छ। पार्टीलाई एक ढिक्का बनाएर लैजान नेताहरु तयार रहेको प्रतिक्रिया आईरहेका छन् ।

हिजोमात्रै, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दुवै पक्षबाट ६ ६ जना नेताहरु सहभागी भएर समग्र रुपमा कसरी अघि बढ्ने भन्नेबारे प्याकेजमा सहमति खोजिएको थियो । हिजोको वार्ता अत्यन्तै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नेताहरुको दाबी छ । तस्विरमा पनि पछिल्लो समय परस्पर विरोधीको रुपमा परिचित प्रधानमन्त्री ओली र माधव पक्षधर नेता भीम रावलबीच राम्रै भलाकुसारी भएको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्