Logo

ओली सरकार ५ वर्ष टिक्ने र इतिहास रच्ने सांसद नविना लामाको दाबी



काठमाडौं, १ जेठ । नेकपा (एमाले) की सांसद तथा नेतृ नविना लामाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष टिक्ने दाबी गरेकी छिन् । र, आफूहरु सबै मिलेर टिकाउने पनि प्रण गरेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले वर्तमान सरकार पाँच टिकेर ईतिहासमात्रै नरच्ने उल्लेख गर्दै देशको मुहार पनि फेर्ने दाबी गरेकी छिन् । उनले यसको लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएकी छिन् । उनले लेखेकी छिन्-

प्रिय साथीहरु
नेपालको आधुनिक राजनीतिक इतिहास अर्थात २००७ सालमा प्रजातन्त्र स्थापना भएदेखी कुनै पनि सरकार ५ बर्ष चलेका छैनन । चाहे त्यो २००७ देखी २०१७ सालसम्म होस वा २०१७ देखी २०४६ सम्मको पञ्चायती व्यवस्था होस वा २०४७ सालदेखी २०६५ सालसम्मको बहुदलीय व्यवस्थाको समयमा होस अथवा २०६५ सालपछि अहिलेको लोकतान्त्रिक गणतन्त्रमा नेपालमा बनेका कुनै पनि सरकारले आफ्नो ५ बर्ष पूर्ण कार्यकाल पुरा गर्न पाएका छैनन् । यो नेपाली जनताको नियति जस्तै बनेको छ । २०७२ सालमा मौजुदा संविधान जारी भएर आम निर्वाचन नहुञ्जेल तीन ४ पटक सरकार परिवर्तन भयो । त्यो किन भयो त्यसबारे चिन्तन मनन गर्नु आवश्यक छ ।
राजनीतिक इतिहास हेर्दा विगतमा सवैभन्दा लामो प्रधानमन्त्री सुर्यबहादुर थापा रहनु भएको छ भने दोस्रो लामो प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ रहनु भएको छ । मरिचमान सिंह श्रेष्ठ करिब ४६ महिना प्रधानमन्त्री रहनु भएको थियो भने सुर्यबहादुर थापाले ४९ महिना शासन सञ्चालन गर्नु भएको थियो । यो दुवै समय पञ्चायतको समय थियो ।
बहुदलीय व्यवस्थामा गिरिजाप्रसाद कोइरालाले ४२ महिना लामो शासन गरेको बाहेक नेपालमा कसैको सरकार पनि त्यति लामो टिक्न पाएको छैन ।
नेपालमा राजनीतिक स्थिरता कायम गर्ने र निर्वाचित सरकारलाई आफ्नो पूर्ण अवधि टिकाएर नेपालमा अस्थिरता चाहानेहरुलाई गतिलो जवाफ दिन लाग्नु भएका हाम्रो आदरणीय नेता सम्माननीय प्रधानमन्त्री श्री केपी ओलीलाई पनि पूर्ण अवधि टिक्न नदिने प्रपञ्चहरु भै रहेका छन् ।
ओली प्रधानमन्त्री भएपछि काम गर्न नदिने र अनेक विवाद र बखेडा झिक्ने कामहरु भए । हाम्रो पार्टी भित्रको विवाद र गत १५ महिनायता भएका राजनीतिक घटनाक्रमले यहि कुराको पुष्टि गर्छन ।
सम्माननीय प्रधानमन्त्री ओलीले ५ बर्षको अवधि शासन गर्न पाउँनु पर्छ र वहाँले पुरा अबधि शासन गनृ सक्षम हुनुहुन्छ । वहाँको नेतृत्वमा हाम्रो पार्टी नेकपा एमाले पूर्ण विश्वास गर्छ । वहाँ कै नेतृत्वमा आगामी संसदीय निर्वाचन हुन्छ भन्ने कुरामा विवाद छैन ।
देश र जनताले खोजेको राजनीतिक स्थिरता दिन सक्ने र देशलाई नेतृत्व दिन सक्ने नेता सम्माननीय प्रधानमन्त्री ओली नै हो भन्ने विगतको अनुभवले प्रष्ट पारी सकेको छ ।
नेपालमा राजनीतिक अस्थिरता चाहाने र त्यहि अस्थिरतामा आफ्नो स्वार्थ सिद्ध गर्नेहरुलाई ओली सरकारले गरेका एक पछि अर्को सफल कामले निन्द्रा लाग्न दिएको छैन ।
उदाहरणको लागि ओलीको नेतृत्वको सरकार नभएको भए अहिले मेलम्चीको पानी काठमाण्डौ आउने थिएन । विगतमा समयै पानी आउँन नदिने षड्यन्त्र भएको कसैमा छिपेको बिषय होइन । त्यस्तै ओली सरकारको नेतृत्वकै कारण बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविधुत आयोजना सम्पन्न हँुदैछ । यसले उर्जा क्षेत्रमा ठुलै फड्को हुने छ ।
यहि सरकारको कारण नौविसे काठमाण्डौ सुरुङ्गमार्गको काम युद्धस्तरमा हुँदैछ । ओली सरकारको कार्यकालमा काठमाण्डौका सडकहरु व्यवस्थित भएका छन् । काठमाण्डौ बाहिर घरान विराटनगर, नेपालगन्ज कोहलपुर, ढल्केवर, जनकपुर जलेश्वर सडक ६ लेनको बनेर सकिन लोगका छन ।
राजनीतिक स्थिरता दिएर देशको विकासको गति अगाडि बढेको देखेर देशमा राजनीतिक स्थिरता ल्याउने र देशको विकास पछाडि धकेल्न चाहाने शक्तिहरु यहि कारणले तिल्मिलाएका हुन । ओली सरकार ५ बर्ष टिक्छ । हामी सवैले मिलेर टिकाउँनु पर्छ । यसरी यो सरकार ५ बर्ष टिकेर इतिहास मात्र रच्दैन देशको मुहार पनि फेर्छ । यो महान अभियानमा लाग्न म नेकपा एमाले मात्र होइन संसदमा प्रतिनिधित्व गर्ने सवै राजनीतिक दलका नेताहरुलाई आग्रह गर्न चाहान्छु ।हार्दिक बधाई तथा कार्यकालक़ो उत्कृष्टताक़ो लागी शुभकामना । मन परे शेयर गर्नु होला ! Stay safe धन्यवाद !


प्रतिक्रिया दिनुहोस्