Logo

चिनियाँ यान मङ्गल ग्रहको सतहमा अवतरण



एजेन्सी, १ जेठ । चीनले पहिलोपटक मङ्गल ग्रहमा यान अवतरण गर्ने सफलता हासिल गरेको छ । तियानवेन वान नामको अर्बिटरमा रहेको जुरोङ यान आज मङ्गल ग्रहमा अवतरण भएको हो । चिनियाँ भाषामा जुरोङको अर्थ आगोको देवता हो ।

चाइना नेस्नल स्पेस एडमिनिस्टरेशनको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले मङ्गल ग्रहको दक्षिणी भागको विशाल समथर स्थानमा शनिबार विहान यान अवतरण भएको उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गल मिसनमा सक्रियहरुलाई बधाई दिएका छन् ।

चन्द्रमाको क्षेत्रमा प्रवेश गरेपछि अवतरण गर्न यानलाई ९ मिनेट लागेको थियो । प्रति घन्टा २० हजार किलोमिटरको रफ्तारको यानले विस्तारै गति नियन्त्रणमा राख्दै सतहमा पुगेको थियो ।

तियानवेन वानको मिसन २९५ दिनपछि यान सतहमा अवतरण गरेको हो । २३ जुलाई सन् २०२० मा यान प्रक्षेपण गरिएको थियो ।

अमेरिकाले सन् १९७६ यता ९ वटा सफल अवतरण गराइसकेको छ ।-तस्बिर स्रोतः ग्लोबल टाइम्स कास्टबाट



प्रतिक्रिया दिनुहोस्