Logo

यादव पक्षले बोलायो कार्यकारिणी समिति बैठक, ठाकुर पक्षमाथि कारबाही गर्ने तयारी



काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक बोलाएको छ । जसपाको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको बेला यादव पक्षले आज बोलाएको कार्यकारिणी समितिमा अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले विधानविपरित गतिविधि गरेकोबारे छलफल हुने र आवश्यक निर्णय लिईने यादव पक्षका एक नेताले जनाए ।

पछिल्लो समय जसपा सत्ता समिकरणमा निर्णायक शक्ति बनेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै आएको ठाकुर पक्षका सांसदहरु भक्तपुरको डोलेश्र रिसोर्टमा बैशाख ३० गते भेला भएका थिए । उक्त भेलाको व्यवस्थापन भने एमाले नेता महेश बस्नेतले गरेको कुरा मिडियामार्फत बाहिर आईसकेको छ ।

उक्त भेलाले जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको पनि खबर छ । ठाकुर पक्षले आफूहरुको बहुमत सांसदहरुको बैठकले महतोलाई दलको नेता चयन गरेको दाबी गरेको छ । तर, यादव पक्षले भने त्यसलाई स्विकारेको छैन् । यादव पक्षले ठाकुर पक्षमाथि कारबाही गरिने चेतावनी दिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षमा ३० जनाभन्दा बढि सदस्यहरु रहेको दाबी गरिएको छ । तर, अर्को पक्षले भने यसमा कुनै सत्यता नभएको जिकिर छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot