Logo

पूराना दिन सम्झिँदै महानायक राजेश हमाल, लिए एल्बमको सहारा (भिडिओसहित)



काठमाडौं, १ जेठ । महानायक राजेश हमाल पूराना दिन सम्झिन थालेका छन् । उनी आफ्नो घरमा भएका एल्बम पल्टाउन थालेका छन् । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा आगामी जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । अहिले सबै जना होम आईसोलेशनमा छन्।

यही मौकामा महानायक हमाल पनि घरमै पुस्तक पढ्ने, चलचित्र हेर्नेलगायतमा दिन काटिरहेका छन् । यसको अलावा उनी पूराना दिनहरु पनि सम्झिरहेका छन् । हालै उनले आफ्नो फेशबुकमा सेयर गरेको एक भिडिओमा हामी उनी एल्बम पल्टाईरहेका पाउँछौं । जहाँ उनले आफ्नी श्रीमतीलाई एल्बमको टुर गराउँछन् । र, कुन समय र को सँगका तस्विर हुन भन्ने कुराको जानकारी दिन्छन् ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्