Logo

प्रधानमन्त्री ओलीद्वारा ‘नास्तिक रहेको’ सन्देशः सपथ लिँदा ‘ईश्वर’ उच्चारण गरेनन् (भिडियोसहित)



काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘नास्तिक’ नै रहेको सन्देश दिएका छन् । उनले ३१ वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिँदा ईश्वर शब्द उच्चारण गरेनन् । सपथ गराउँदै गर्दा राष्ट्रपति भण्डारीले ‘ईश्वर’ शब्द उच्चारण गर्नुअघि उनले बीचैमा काटेर त्यो पर्दैन सम्म भने ।

कम्युनिस्ट नेता ओलीले पछिल्लो समय पशुपतिनाथको पूजा गर्ने देखि अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्ने कदम चालेर धेरैलाई आश्चर्यचकित पारेका थिए । तर, उनले सपथ लिँदा ईश्वर शब्द उच्चारण नगरेर आफूलाई नास्तिक रहेको सन्देश दिन खोजेका छन् ।

राष्ट्रपति भण्डारीले सपथ गराउँदा ‘….सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ओली बोलेनन् । भण्डारीले पुनः दोहोर्याएर बोल्दा ओलीले ‘त्यो पर्दैन’ मात्र भने । त्यसपछिकोवाक्य ‘ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु कि’ भन्दा ओलीले ‘ईश्वर’ शब्द उच्चारण नगरी ‘देश र जनताको नाममा सपथ लिन्छु’ भने ।

ओलीले हिन्दुत्वको मुद्दा उठाइरहेको विषय चर्चामा आइरहँदा उनले सपथ लिँदा ‘ईश्वर’ शब्द उच्चारण नगर्नुलाई अर्थपूर्ण मानिएको छ । ओली मार्क्सवावादी विचारधाराका हुन् । मार्क्सले धर्मलाई ‘अफिम’ भनेका छन् ।

म्युनिस्ट नेताहरुले नै ओलीले धर्मको विषयलाई रणनीतिक रुपमा मात्र प्रयोग गर्दै आएको विश्लेषण गर्दै आएका छन् । जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले ओलीले पशुपति र धार्मिक कर्मकाण्ड गरेर भ्रम छरिरहेको बताउँदै आएका छन् ।-तस्बिर स्रोतः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्