Logo

जसपा यादव पक्षको बैठक बसिरहेको बेला ठाकुरको विज्ञप्ती-‘आज पार्टीको कुनै बैठक छैन’



काठमाडौं, १ जेठ । जनता समाजवादी पार्टी, नेपालको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । आज अध्यक्ष उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले भने विज्ञप्ती निकालेर बैठक नराखेको स्पष्ट पारेका छन् ।

ठाकुर पक्षले संसदीय दलको बैठक बसेर नेतामा राजेन्द्र महतो चयन गरेपछि यादव पक्ष असन्तुष्ट बनेको हो । यादव पक्षले कुन आधारले महतो दलको नेता नियुक्त भएको हो ? भन्दै प्रश्न उठाउँदै आएको छ । अहिले जसपाको यादव पक्षको कार्यकारिणी समितिको बैठक जारी छ । आजको बैठकले ठाकुर पक्षलाई कारबाही गर्ने तयारी गरेको चर्चा छ ।

जारी गरेको विज्ञप्तिमा भनिएको छ-‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजै दिनको १ बजेबाट पार्टी कार्यालयमा जारी रहेको भनि विभिन्न सञ्चारमाध्यमबाट एवम् सामाजिक सञ्जालबाट सूचना एवम् समाचारहरु सम्प्रेषित भैरहेको प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot