Logo

टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग



धनगढी, १ जेठ: कोरोना सङ्क्रमणका बिरामीको चाप झेलिरहेको कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।

कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भई भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम