Logo

धनगढी सिटीलाई पराजित गर्दै काठमाडौं रेजर्सले जित्यो सुपर लिग



काठमाडौं, १ जेठ । धनगढी सिटी एफसीलाई १-० ले पराजित गर्दै खुकुरी नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौं रेजर्सले जितेको छ । आज भएको प्रतिष्पर्धात्मक खेलमा पहिलो हाफमा काठमाडौंले गरेको गोल नै निर्णायक भयो ।

खेलको २१औं मिनेटमा काठमाडौंका मेसौके ओलुमोउले गोल गरेका थिए । यो गोल काठमाडौं रेजर्सलाई उपाधि जित्न पर्याप्त रह्यो ।

जितसँगै काठमाडौंले ३५ लाख राशी पुरस्कार र कप जितेको छ । धनगढीले १५ लाख रुपैयाँ जितेको छ ।

नेपालमा पहिलोपटक फ्रेन्चाइज फुटबल प्रतियोगिता भएको हो । यसमा दर्शकको निकै चासो देखिएको छ । खेलाडीहरु पनि खेलका कारण निरन्तर अभ्यास गर्न सफल भए ।



प्रतिक्रिया दिनुहोस्