Logo

इरानको प्रथम उपराष्ट्रपतिद्वारा पनि राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता



१ जेठ: इरानका प्रथम उपराष्ट्रपति इशाक जहाँगिरिले शनिबार देशमा यही जुनमा हुन गइरहेको प्राथमिक निर्वाचनमा प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ता ग्तारेका छन् ।

“म जनताको जीवनमा इरानको विकास र सुधारका लागि नयाँ चरण सुरु गर्न निर्वाचनमा आउँदैछु,“ जहाँगिरिले इरानको राष्ट्रिय समाचार संस्था आईआरएनएसँग आफ्नो उम्मेदवारी दर्ताबारे उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिए ।

“विगतका वर्षहरूमा इरानले विभिन्न समस्याहरूको सामना गरिरहेको छ र वर्तमानमा जनताको जीविकोपार्जन र देशको बृहत् विकासमा वास्तविक ढोका उघार्नु अहिलेको आवश्यकता हो, उनले भने ।

उनले भने, “दिगो आर्थिक बृद्धि र इरानमाथि विगतमा लागेका प्रतिबन्धहरू हटाउनु आफ्नो प्राथमिकता रहनेछ । रोजगार र समान सम्पत्तीको पुनः वितरण आफु निर्वाचित भएमा आफ्नो कार्यकालका प्रमुख बिषय हुनेछन् ।”

आगामी चार बर्ष राष्ट्रिय हितको रक्षा गर्ने, आन्तरिक तथा बाह््य तनावलाई क मगर्ने सुनौलो अवसर हुने उनले बताए ।

उम्मेदवारी दर्ता प्रक्रियाको अन्तिम दिन इरानी न्यायपालिका प्रमुख इब्राहिम रायसी र संसदका पूर्व सभामुख अली लारीजानीले पनि प्राथमिक अभियानमा भाग लिनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

इरानको आन्तरिकमामिला मन्त्रालयले गत मङ्गलबार औपचारिक रूपमा इरानको १३ औँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता खुला गरेको थियो ।

उम्मेदवारी दर्तापछि इरानको सर्वोच्च संवैधानिक अङ्ग, संविधान संरक्षण परिषद्ले आवेदकहरूको योग्यता मूल्याङ्कन गर्नेछ र योग्य उम्मेद्वारको नाम मे २७ मा सार्वजनिक गर्ने छ । यस अङ्गले याग्य सिफारिस गरेका उम्मेदवार मात्र निर्वाचनमा सहभागी बन्न पाउने छन् ।

तत्पश्चात उम्मेदवारले २० दिनमा निर्वाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न प्रचारप्रसार गर्नेछन् ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्