Logo

इटहरीमा ५० शय्याको आइसोलेसन केन्द्र सञ्चालन



सुनसरी, जेठ २ । कोरोना संक्रमित बढ्दै गएपछि इटहरीमा अक्सिजनको व्यवस्थासहित ५० शैयाको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । इटहरी उपमहानगरपालिकाले ६ शøयाको कोभिड अस्पतालसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।

पुरुषका लागि ३० शøया र महिलाका लागि २० शøयाका छुट्टाछुट्टै ब्लकमा आइसोलेसन सञ्चालन गरिएको जानकारी उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले दिए ।

आइसोलेसन केन्द्रमा चौबीसै घण्टा स्वास्थ्यकर्मी उपलब्ध रहने उपप्रमुख लक्ष्मी गौतमले बताइन् । कोभिड संक्रमितलाई स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड बमोजिम गुणस्तरीय खानाको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । इटहरी अस्पतालका मेसु डा। योगेश चेम्जोङले आइसोलेसन व्यवस्थित रहेको दाबी गरे ।

बिरामीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएमा स्वास्थ्यकर्मी सहित एम्बुलेन्समार्फत अन्य अस्पताल लगिने उनले बताए । इटहरी–९ रंगशालामा गतवर्ष पनि आइसोलेसन सञ्चालन गरिएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्