Logo

उडान बन्द हुँदा वैदेशिक रोजगार प्रभावित



काठमाडौं, जेठ २। नेपालबाट अन्तर्राष्ट्रिय उडान बन्द हुँदा र नेपालीको मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेश रोक लगाउँदा वैदेशिक रोजगारी प्रभावित भएको छ । नयाँ स्वरूपसहित दोस्रो लहरमा फैलिएको कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान बन्द र मुख्य श्रम गन्तव्य मुलुकले नेपालीलाई प्रवेशमा लगाएको रोकले रोजगारी प्रभावित भएको हो ।

उडान बन्दका कारण श्रम स्वीकृति लिएर विदेश जाने तयारीमा रहेकाहरू स्वदेशमै रोकिएका छन् भने विदेशबाट बिदा करार अवधि सकिएर घर फर्कन टिकट काटिसकेकाहरू विदेशमै रोकिएका छन् ।

पर्वतका विशाल क्षेत्रीले विदेश जाने तयारीसाथ घरपरिवारबाट बिदा भएर पनि अन्तर्राष्ट्रय उडान बन्द भएपछि रोकिनुपरेको बताउनुभयो । संयुक्त अरब इमिरेट्स ९यूएई०बाट चार वर्षपछि तीन महिनाको घर बिदामा आउनुभएका विशालले भन्नुभयो, “पुनः श्रम स्वीकृतिका लागि एक दिन ढिला हुँदा मेरो वैदेशिक रोजगारी गुम्ने खतरा भयो । ”

यूएईले नेपालीलाई प्रवेशमा रोक लगाएको छ, हाम्रो देशले पनि सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ, कहिले खुल्छ र जानु खै रु निराश हुँदै उहाँले भन्नुभयो, “यूएईको खाद्य कम्पनीमा प्याकिङ गर्ने सजिलो काम थियो र कमाइ पनि राम्रो थियो । त्यो जागिर छुट्यो भने के गर्नु चिन्ता बढेको छ । ” उहाँजस्तै घर बिदामा आएर जान नपाएका धेरै छन् ।

वैदेशिक रोजगार विभागका अनुसार अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ती देशबाट घर बिदामा आएका धेरै रोकिएका छन् । मुख्य श्रम गन्तव्य देशले नेपाललाई प्रवेशमा रोक लगाउँदा र हाम्रो देश स्वयंले पनि अन्तर्राष्ट्रिय उडान बन्द गर्दा घर बिदामा आएका १० हजारभन्दा बढी श्रमिक यतै रोकिएका छन् ।

यस्तै कतिपय श्रमिक गन्तव्य देशमा करार र भिसा सकिएर पनि उडान नभएका कारण स्वदेश आउन पाएका छैनन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्