Logo

बाबुरामले प्रधानमन्त्रीलाई भेट्नुभएको सत्य हो, कुनै लेनदेनको कुरा भएका थिएनन् : पाण्डे



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालका युवा नेता विश्वदिप पाण्डेले आफ्ना पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको सत्य भएको बताएका छन् ।

नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले बाबुरामले मलाई प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै मध्यराति १ बजे प्रधानमन्त्रीलाई भेटेको भनेर हिजो प्राइम टिभीमा पत्रकार ऋषि धमलासँग खुलासा गरेपछि नेता पाण्डेले यस्तो बताएका हुन् । उनले नेता बस्नेतलाई एमालेको अपहरण विभाग प्रमुखको संज्ञा समेत दिएका छन् ।

प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम राति १ बजे बालुवाटार गएको महेश बस्नेतको खुलासा (भिडिओसहित)

उनले देश द्धन्द्धमा जान लाग्यो भनेर बाबुरामले एक नागरिकको हिसाबले ओलीलाई नभएर देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पारेका छन् । बाबुरामले निषेधको राजनीति अन्त्य गरौं र अब सहमति बनाएर चुनावमा जाऔं भनेर नै प्रधानमन्त्रीलाई भेटेको पनि उनको भनाई छ ।

पाण्डेले ट्विटरमा लेखेका छन्-



प्रतिक्रिया दिनुहोस्