Logo

बाबुरामनिकट विश्वदीपले महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भने



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टीका युवा नेता विश्वदीप पाण्डेले नेकपा एमालेका सांसद महेश बस्नेतलाई ‘एमालेका अपहरण विभाग प्रमुख’ भनेका छन् । उनले आज सामाजिक सञ्जालमा बस्नेतलाई अपहरण विभाग प्रमुख भनेका हुन् ।

बस्नेतले पूर्वप्रधानमन्त्री एवं जसपा नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रातको १ बजे भेटेर प्रधानमन्त्री बनाइदिनुपर्यो भनेको प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग अन्तवार्तामा भनेको भोलिपल्ट विश्वदीप पाण्डेको भनाई सार्वजनिक भएको हो । पाण्डे बाबुराम भट्टराईका विश्वासपात्र हुन् ।

पाण्डेले ओली र भट्टराईबीच भेट भएको तर राष्ट्रिय सहमतिको सरकार निर्माण गरी चुनावमा जाने कुरा भएको बताएका छन् । बस्नेतले भेटको छेउटुप्पो नबुझी बोलेको भन्दै लेखेका छन्, ‘अपहरण विभाग प्रमुखलाई राजनीतिक कुरा, देशलाई निकास दिने कुरा कहाँ पच्छ र ? देशको राजनीति अस्थिर हुँदा त आफ्नो अपहरण व्यवसाय नै धरापमा जो पर्छ ।’



प्रतिक्रिया दिनुहोस्