Logo

महेश बस्नेतको खुलासापछि बाबुरामले भने : मैले व्यक्ति ओली होईन, प्रधानमन्त्री ओलीलाई भेटेकै हो



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले व्यक्ति ओली नभएर प्रधानमन्त्री ओलीलाई भेटेको स्पष्ट पारेका छन् । हिजो प्राइम टिभीमा ऋषि धमलासँगको कुराकानीमा एमाले नेता तथा सांसद महेश बस्नेतले बाबुरामले आफूलाई प्रधामन्त्री बनाईदिनुपर्यो भनेर राति १ बजे बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेको खुलासा गरेका थिए ।

बाबुरामले ट्विटरमार्फत लेखेका छन्-“प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो-महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो।मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो।वहाॅले नमानेपछि अरूलाई नभनेको हुॅ।अझै पनि धारा७६(५)बमोजिम बनाउन सकिन्छ।सोचौं!

बाबुरामले प्रधानमन्त्रीलाई भेट्नुभएको सत्य हो, कुनै लेनदेनको कुरा भएका थिएनन् : पाण्डे

प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै बाबुराम राति १ बजे बालुवाटार गएको महेश बस्नेतको खुलासा (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्