Logo

एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ



काठमाडौँ, २ जेठ: नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्