Logo

लगानी कोषको ३ लाख ५० हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामी विक्रिमा



काठमाडौं, २ जेठ । नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लाख ५० हजार ३६९ कित्ता शेयर लिलामीमा ल्याएको जनाएको छ ।

जेठ २७ गतेसम्मका लागि लिलामीमा ल्याएको शेयरको मुल्य प्रतिकित्ता १३ सय ६६ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । कोषको अनुसार बोलकबोल गर्दा न्युनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

शेयर बाँडफाँटमा पर्ने शेयरधनीहरुले कम्पनीले जेठ २ गतेपछि वितरण गर्ने हकप्रद शेयर र लाभांश समेत प्राप्त गर्ने समेत बताएको छ । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली, कार्यालय काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पनि बोलपत्र प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्