Logo

सुनको भाउ ९ सयले बढ्यो



काठमाडौं, २ जेठ । आज नेपाली बजारमा सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, प्रतितोला ९१ हजार १ सय रुपैयाँमा शुक्रबार कारोबार भएको तेजाबी सुनको मुल्य आज प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । महासंघको अनुसार आज चाँदीको मुल्य भने १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५० रुपैयाँमा खरिद बिक्रि भएको छ । शुक्रबार चाँदी तोलाको १३ सय ३५ रुपैयाँमा किनबेच भएको थियो ।



प्रतिक्रिया दिनुहोस्