Logo

बेलझुण्डीमा दुई सङ्क्रमितको मृत्यु



तुुलसीपुर, २ जेठ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार शनिबार एचडियुमा उपचाररत दङ्गीशरण गाउँपालिका–४ निवासी ७० वर्षीय पुरुष र आइसियुमा उपचाररत घोराही उपमहानगरपालिका–१४ निवासी ७४ वर्षीय महिलाको मृत्यु भएको हो ।

दङ्गीशणका पुरुष गत वैशाख २४ गते अस्पताल भर्ना भएका थिए भने घोराहीकी महिला वैशाख २१ गते भर्ना भएकी थिइन् । उनीहरु दुवै जनामा निमोनिया र श्वासप्रश्वासमा समस्या थियो । योसँगै बेलझुण्डी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ । सोमा १४ महिला र पुरुष ३० छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्