Logo

भाग्यको भरोसा आजैदेखि गर्न छाडौं



पछिल्लो दिनहरुमा समय र सम्बन्धको मुल्य बढ्दै गएको छ । पैसा नै सबै हो भन्नेहरु पनि आज बदिलिएका छन् । आजको समयमा भाग्य भन्दा ठुलो कर्म महत्वपुर्ण भएको छ । यी बाहेक हामीलाई विभिन्न प्रकारका समस्याहरुसँग जुध्न साहस, धैर्य र समझदारीको आवश्यकता हुन्छ ।

भाग्यको भर पर्नु हुन्न

  • जिन्दगी भाग्यबाट चल्दैन । भाग्य त त्यतिबेला चम्कन्छ, जब कर्म हाम्रो वरिपरि घुम्न थाल्छ ।
  • मानिसको जिन्दगी जन्म र मुत्युबीच रहन्छ । जिन्दगी धेरै छोटो हुन्छ । मानिसको दिन कसरी गुज्रिन्छ त्यो कसैलाई थाहा हुँदैन । त्यसकारण प्रत्येक दिनको भरपुर उपभोग गर्नुपर्छ ।
  • आफ्नो भविष्यलाई उज्जल बनाउने खालका कामहरु गर्नुपर्छ । यस्ताका कामले जीवनलाई फरक किसीमले अगााडी बढाउन पनि सकिन्छ ।
  • जीवन जति छ त्यत्तिमा नै राम्रो काम गर्नुपर्छ । एकबारको जीवन बितिगएमा तपाईको प्रतिभा, पहिचान, धन, सम्पत्तिको काम हुनेछैन् ।

समस्याबाट नभागौ, आफै लडौ

  • जिन्दगी एक उत्सव हो, सघर्ष मात्र होइन् । यदि तपाईले जिन्दगीलाई संघर्ष सम्झनुहुन्छ भने जीवन संघर्षमय हुन्छ ।
  • मानिस प्रत्येक समयमा आउने समस्यासँग लड्नको लागि तयारी अवस्थामा हुनुपर्छ । जो व्यक्ति लडाईमा लड्न जान्दैन उसैको हार निश्चित हुन्छ । क्षति बढी हुन्छ । र उसको जीवन सधै सघर्षमा बित्छ ।
  • कुनै कुरा प्राप्त गर्न कयौपटक युद्व गर्नुपर्ने हुन्छ । आफ्नो अधिकारको लागि पटक–पटक संघर्ष गर्नुपर्छ । जो व्यक्ति सधै लड्नको लागि तयार हुन्छ, ती व्यक्तिलाई लडाई (समस्या) नै महुसुस हुँदैन् ।
  • यदि तपाईको मनमा कसैले सहयोग गर्छ भन्ने सोच छ भने दिमाखबाट हटाईदिनु पर्छ । किनकी धेरैजसो समस्यासँग आफु एक्लै लड्नु पर्छ । एक्लै बाँच्ने र सघंर्ष गर्ने शक्ति आफैमा विकसीत गर्नुपर्छ । जबसम्म व्यक्तिले यस्तो गर्ने क्षमता राख्दैन, तबसम्म उ संकट मै रुमलिएको हुन्छ । समयलाई बुझेर सावधान र सतर्क हुन सिक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्