Logo

खोलामा पुरुषको शव फेला



मध्यपुरथिमि, २ जेठ: भक्तपुरको चाँगुनारायण नगरपालिका–६, बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ । खोलामा घोप्टो परेर अनुहार पानीमा डुबेका अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔला र चोरीऔला का बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए । घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप भन्न सकिने बताए ।रासस/File photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम