Logo

कोरोना संकटमा जीवन कसरी बिताउने



कोरोना भाइरस साच्चै नै घातक छ । यद्यपि संक्रमित संक्रमणमुक्त पनि भएका छन् । यो बाट बच्नलाई कसैसँग भेट्न, भिडभाँडमा नजानु नै सबैभन्दा प्रभावकारी उपाय हो । मास्क लगाउने र दुरी कायम गर्न पनि अत्यन्तै जरुरी हुन्छ । यस्तो संकटमा जीवन कसरी बिताउने यसबारेमा चर्चा गरौ ।

तपस्वीको जस्तो जीवनः एक सन्यासीले नत बढी खान्छ वा कम । नत धेरै सुत्छ वा कम । उसले हप्तामा एकपटक उपवास बस्छ । सन्यासीले राम्रो खानामात्र खान्छन् । प्राणायाम योग र ध्यान गर्छन् । तपाईले पनि यस्तै गर्नुपर्छ । हप्तामा एकदिन पुर्ण उपवास बस्दा शरीरमा जीवाणू र विषाक्त पद्वार्थलाई बाहीर निकालेर प्रतिरोधात्मक क्षमता बढाउछ ।

धेरै रस पिउनेः
अरु खानालाई भन्दा रसलाई बहुगुणी मानिन्छ । तुलसी, अदुवा, नरिवल, सुन्तला, धनिया, नीम बेसार, कह, कागती आदीको रस सेवन गर्दा सबै प्रकारका भिटामिन र खनिजहरु पाइन्छन् । यसले पनि प्रतिरक्षा प्रणालीलाई बलियो बनाउछ ।

अन्न र पानीः
यस्तो समयमा पुर्ण रुपले शाकाहारी जीवनशैली अपनाउनुपर्छ । सुर्यास्त भन्दा अगाडी नै खाना खानुहोस् । ताजा खाना खानुपर्छ । फलफुल र हरीयो तरकारी, गहुँ, जौ र मकैको रोटी खानुपर्छ ।

चाँडै सुत्ने र चाँडै उठ्नेः
बिहान शुद्व हावा पाइने भएकोले पानी पिएलगत्तै शरीरमा भएको मल बाहिर आउछ ।
तामा, पित्तल, चाँदीको भाँडामा राखेको पानी पिउनेः तामा, पित्तल, चाँदीको भाँडामा राखेको पानी पिउँदा खानाको गुणस्तर बढ्छ ।

बेलुकाको खानापछि हिड्नुपर्छः
रातमा हिड्नु स्वास्थ्यको लागि निकै लाभदायी हुनछ । विशेषगरी खाना खाईसकेपछि हिड्नुहोस् । एक सय औषधी सेवन गर्नु एक पटक घुम्नु बराबर हो भन्ने गरिन्छ ।

संयम र साहसः
संकटकालमा मानिस चिन्तामा हुन्छ । चिन्ताले बौद्विकता हराउछ र निर्णय गर्ने शक्ति गुमाउछ । यस्तो अवस्थामा आफैले संयम, दृढ संकल्प, धैर्य, साहस र शान्ति देखाउनु पर्छ । प्रत्येक संकट संयम र साहसले पार गर्न सकिन्छ । यसकारण कहिल्यै नियन्त्रण गुमाउनु हुँदैन ।

सरसफाइमा ध्यान दिनेः यताउता हिड्नु भन्दा आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । मौन बस्दा मनको शक्ति बढ्छ । मौनताले झगडाबाट पनि जोगाउछ । दिनहुँ नुहाउने गर्दा नयाँ उर्जा उत्पन्न हुन्छ ।

योजना बनाउनेः
संकटको समयमा भविष्यलाई ध्यानमा राख्दै राम्रो योजना बनाउनु पर्छ । योजना नभए जीवनमा लक्ष्यमा पुग्न सकिदैन ।

नाता सम्बन्ध र सेवाः
संकटको यस्तो समयमा पारिवारिक नाता सम्बन्ध महत्वपुर्ण हुन्छ । तपाईले कसैलाई सहयोग गरेमा तपाईलाई पनि मद्दत गर्छन् ।

सकरात्मक सोच:
नकरात्मक सोच हाम्रो मतिष्कमा स्वतः आउछ, त्यसैले सकरात्मक सोच्नको लागि दिमाखलाई अलि धेरै जोड गर्नुपर्छ ।

हरेक परिस्थितिको लागि तयार हुनुपर्छ:
राम्रो होस् वा नराम्रो जस्तो सुकै परिस्थिती स्विकार गर्नुपर्छ । परिस्थिती जस्तो भएपनि डर र चिन्तालाई छाडेर मानसिक रुपले दृढ हुनुपर्छ । हाम्रो दिमागले रोग लागेपनि अस्विकार गरेमा केही समस्या हुन्न । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्