Logo

ओली-नेपाल एक्लाएक्लै भेटवार्ता सुरु



काठमाडौं, २ जेठ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा आज पार्टीको विवाद समाधानको लागि कार्यदल गठनबारे टुँगो लगाउने बुझिएको छ ।

बादलका कारण एमालेमा फेरि झमेला !

नेता नेपालले आफ्नो तर्फबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र रघुजी पन्तको नाम सिफारिश गरेका छन् । ओलीको तर्फबाट ईश्वर पोखेरेल, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र विष्णु रिमाल रहने बुझिएको छ । तर, नेपाल पक्षले बादल सहभागी भएको विषयमा भने आपत्ति जनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्