Logo

छोरीको शव काँधमा बोकेर एक्लै हिड्न बाध्य यी पिता



एजेन्सी, २ जेठ । भारतको जालन्धरको रामनगरको एउटा डरलाग्दो तस्वीर सार्वजनिक भएको छ । तस्वीरमा एक असहाय बुवाले आफ्नै प्यारी छोरीको शव काँधमा बोकेका छन् । दैनिक जागरणमा प्रकाशित भएको यो तस्वीरले भारतको केन्द्रिय स्तरमा समेत सवाल उठेको छ ।

यो तस्वीर घटनाबारे पुर्व मुख्यमन्त्री सुखबीर बडालले कोरोना संक्रमणको कारण मृतकको परिवार एक्लैलाई अन्तिम दाहसंस्कार गर्न बाध्य बनाइनु आश्चर्यको कुरा भएको बताएका छन् । उनले कोभिड प्रोटोकल अनुसरण नगरेकोमा जालन्धर प्रशाशनलाई कारवाही गर्न पनि माग गरेका छन् ।

ती विवस बुवाले ११ वर्षीया कोरोना संक्रमित छोरीलाई ३ दिनसम्म जालन्धरका ठुला सरकारी अस्पतालमा उपचारलागि घुमे । तर कतै उनको छोरीको राम्रो उपचार भएन । केही अस्पतालले डाक्टर नभएको बहाना बनाए उपचार नगरेपछि बालिकाको मुत्यु भएको थियो । अस्पतालले बालिकाको निधन भएपछि न त शवलाई व्यवस्थापन गर्यो नत शव लैजाने एम्बुलेन्सको व्यवस्था गर्यो । जे होस् ती गरिब बाबुले एम्बुलेन्सको प्रबन्ध मिलाएर छोरीको शव घर प्र्याए । वास्तवमा उनका बाबु निकै गरिब थिए,, मजदुरीबाट जीविका चलाउदै आएका थिए । जसोतसो एम्बुलेन्सको भाँडा तिरे ।

ती असहाय बाबुको अनुसार गाउँलेले संक्रमित छोरीको शव बोक्न अस्विकार गरेपछि बालिकाको ९ घन्टासम्म शव उठ्न सकेन र अन्त्यमा बाबु एक्लैले नै काँधमा राखेर अन्तिम संस्कारको लागि लगेका हुन् ।

 Photo-Agency



प्रतिक्रिया दिनुहोस्