काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा चुनाव गर्नेगरि रोडम्याप बनाएका छन् । धारा ७६ को २ अनुसार सरकार गठन गर्न विपक्षी गठबन्धन असफल भएपछि धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आफूनिकट नेताहरुसँग अब विश्वासको मत प्राप्त गर्न अधिकतम प्रयास गर्ने तर विश्वासको मत हाँसिल नभए मुलुकलाई आगामी मंसिरमा चुनावमा लैजाने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको पाईएको छ ।
हुन त प्रधानमन्त्री ओलीले यसअघि पनि मुलुकलाई अब चुनावले मात्रै निकास दिने सार्वजनिक रुपमै बताईसकेका छन् । अब एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसके उनले मंसिरमा नै चुनाव गर्ने योजना बनाएका छन् । यो कुरा उनीनिकट नेता तथा सांसद महेश बस्नेतले पनि खुलासा गरेका छन् ।
बादलका कारण एमालेमा फेरि झमेला !
तर,प्रधानमन्त्रीको चाहना यही सरकारलाई पूरा कार्यकाल चलाउने रहेको पनि उनले स्पष्ट पारे । विश्वासको मत लिने सवालमा प्रधानमन्त्री ओली जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षसँग निरन्तर सम्वादमा रहेको पनि बस्नेतले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा हिजो खुलासा गरेका छन् ।
प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले पनि विश्वासको मत लिने अवस्था नआए अब चुनावमा जानुको विकल्प नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेगरि पार्टीभित्रै पनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षसँग गम्भिरतापूर्वक वार्ता गर्न चाहेका छैनन् ।




प्रतिक्रिया