Logo

माधव नेपालले छिटो सहमति गरौं भन्दा ओलीले भने : ‘कुरा मिलाउने हो, प्रक्रियामा जानुपर्छ नि’



काठमाडौं, २ जेठ । नेकपा (एमाले) को विवाद समाधानतर्फउन्मुख छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको वार्ता सकारात्मक रुपमा अघि बढेसँगै छिट्टै सहमति हुने विश्वास एमालेका नेता तथा कार्यकर्ताहरुले लिएका छन् ।

तर, प्रधानमन्त्रीले भने विवाद हल गर्नको लागि समय लाग्ने जवाफ दिने गरेका छन् । पछिल्लो भेटमा नेता नेपाल र उनी पक्षधर नेताहरुले छिटोभन्दा छिटो सहमति गरौं भन्ने प्रस्ताव राखेका छन् । यसमा अध्यक्ष ओलीले यसको लागि समय लाग्ने जवाफ दिने गरेको स्रोतको दाबी छ ।

नेता नेपालले ओलीसँगको कुराकानीमा भने अब धेरै समय नलिउँ, विवाद समाधानको लागि ठोस सहमति गरौं । नेता नेपालले आफूले बैशाख ३६ गते विहान अध्यक्ष ओलीसामू पठाएको ६ बुँदे प्रस्तावको सेरोफेरोमा नै सहमति हुनुपर्ने अडान राख्दै आएका छन् । यसमा ओली पनि सहमत देखिएका छन् । तर, यसको लागि ओलीले कार्यदल गठन गरेर जानुपर्ने सुझाव अघि सारेका छन् ।

नेता नेपालसँगको पछिल्लो कुराकानीमा ओलीले ६ बुँदे प्रस्तावमै आधारित भएर सहमति खोज्न सहमति जनाएका छन् । उनले नेपालसँग भन्ने गरेका छन् सबै कुरा मिलाउने हो । त्यो प्रक्रिया र विधिअनुसार हुन्छ । त्यसकै लागि कार्यदल गठन गर्न खोजेको हो । हामीबीचको द्धन्द्ध, विवाद अहिले एक घण्टामै हल हुने खालको थिएन नि, यसको लागि त समय लाग्छ नि । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्