Logo

प्रधानमन्त्री ओलीले अब एक महिनामा पनि काम गर्न सकेनन् भने हामी नै हटाउ भन्छौं : डा. दिक्षित (भिडिओसहित)



काठमाडौं, २ जेठ । बरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोभिडविरुद्ध भ्याक्सिन ल्याउनको लागि सरकारले ठोस पहल गर्न नसकेको गुनासो पोखेका छन् । अहिले प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्नुपर्ने भन्दै राजनीतिक खिचातानीमा नलाग्न सुझाव दिए । उनले यो एक महिनाको समयमा पनि प्रधानमन्त्री ओलीले देश र जनताको हितमा काम गर्न नसके उनलाई हटाउनुपर्ने बताए । तर, अहिले सबैले आ आफ्नो खिचातानी छोडेर जनताको जिउधन जोगाउनको लागि प्रधानमन्त्री ओलीले दत्तचित्त भएर काम गर्नुपर्ने बताए । उनले सरकारले तत्काल खोप ल्याउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्

हल बुकिंग फाराम