Logo

नेप्से आज ५४ अंकले बढ्दा १० अर्ब भन्दा बढीको कारोबार



काठमाडौं, २ जेठ । आज नेप्से हालसम्मकै उच्च स्थानमा पुगेको छ । ५४ दशमलव २१ अंकले बढेर २७ सय ३८ दशमलव २९ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स् पनि ८. ६४ अंकले बढेर ४८८ दशमलव १४ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचक अनुसार आज २१४ कम्पनीको १ लाख १३ हजार ६९ पटक कारोबार भएर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

साताको कारोबारको पहिलो दिन आज १३ उपसमुहका नेप्से सुचक बढेका छन् । सबैभन्दा धेरै निर्जीबन बीमाको ४.२८ प्रतिशतले सुचक बढेको छ ।

 



प्रतिक्रिया दिनुहोस्