Logo

नेप्सेमा १० अर्बको कारोबार हुँदा यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, २ जेठ । नेप्सेमा आज २१४ कम्पनीको १ लाख १३ हजार ६९ पटक कारोबार भएर १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको २ करोड १३ लाख २८ हजार ८८२ कित्ता शेयर खरिद विक्रि भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार सर्वाधिक भएको छ । कम्पनीको आज ८५ करोड २० लाख भन्दा धेरैको कारोबार भएको हो । कम्पनीको प्रतिकित्ता १६ सय ४३ रुपैयाँ अन्तिम शेयर मुल्य कायम भएको छ ।

त्यस्तै, एनसीसी बैंकको ३१ करोड ५७ लाख भन्दा बढीको कारोबार भएको छ । प्रतिकित्ता ३७५ रुपैयाँ अन्तिम शेयर मुल्य कायम भएको छ । नेप्सेको अनुसार आज निफ्राको २९ करोड ४९ लाख भन्दा बढीको कारोबार भएको छ । बैंकको आज ५ सय ४७ रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्