Logo

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?



काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे ।

ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु ।
सहमतिका लागि पहिलोपटक ३० वैशाखमा भएको भेटवार्ता चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको घरमा बसेको थियो । त्यो भेटले नेकपा विभाजन रोकेको थियो । राजीनामाका लागि ठिक्क परेका माधव नेपाल पक्षधर सांसदहरु रोकिएका थिए ।

ओलीले वार्ताका लागि बालुवाटार डाकेपनि नेपालले अन्तै बस्नुपर्ने सन्देश पठाएका थिए । त्यसपछि चपली हाइटलाई रोजिएको थियो ।

दोस्रो भेटवार्ता ३१ जेठमा भयो । सिंहदरबारमा भएको भेटवार्तामा ओली र माधव नेपाल दुवै पक्षका नेताहरु पुगेका थिए । प्रायः बालुवाटारबाट ननिस्कने ओली सिंहदरबार माधव नेपालसँगको भेटवार्ताकै लागि पुगे ।

२ जेठमा ओली र नेपालबीच एक्ला एक्लै भेटवार्ता भयो । सहमतिका लागि कार्यदल बनाएर बढ्ने टुंगो लाग्यो । यो भेटपनि सिंहदरबारमै बस्यो ।

ओलीले नेताहरुलाई बालुवाटार बोलाएर लामो समय पर्खाउने गरेको विषय चर्चामा छ । प्रचण्ड स्वयंले यसको खुलासा गरेका छन् । आफूलाई धेरैपटक बालुवाटार धाउने बनाएको प्रचण्डको भनाई छ । माधव नेपाल भने बालुवाटार कमै जान्थे । ओलीको पर्खाउने शैलीबारे नेपाल जानकार थिए । त्यसैले उनी बालुवाटारबाहेकको स्थानमा मात्र वार्ताका लागि तयार हुनेगरेका छन् ।



प्रतिक्रिया दिनुहोस्