Logo

२४ घन्टामा १४५ जनाको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार नाघ्यो



काठमाडौं, २ जेठ । कोरोना संक्रमणबाट आज थप १४५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६  जना र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्