Logo

ने.बि.संघको प्रश्न: कोरोना युनिफाइड अस्पताल संचालन कहिले हुन्छ सरकार ?



काठमाडौं, २ जेठ । सरकारको गैरजिम्मेवारपन र लाचारिले काठमाडौंको मुटुमा रहेको वीर अस्पतालले अक्सिजन अभावका कारण आफ्नो नयाँ भवन सञ्चालन गर्न सकेकोमा नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ ।

ने.बि.संघका महामन्त्री बलदेव तिमल्सिनाले बिज्ञप्ति मार्फत अस्पताल प्रशासनले नयाँ सर्जिकल भवनको दुईवटा तलामा कोभिड संक्रमित बिरामीका लागि भन्दै १ सय ७० बेड तयार गरिसकेको तर,अक्सिजनको अभावका कारण बिरामी भर्ना लिन नसक्नुले सरकारको प्राथमिकता के हो निर्क्योल हुन नसकेको र आफ्नै निर्णय लाई समेत कार्यान्यन गर्न उदाशिन भएको बताएका छन ।

वीर अस्पतालको आकस्मिक कक्षमा संक्रमितको चाप बढेपछि स्वास्थ्य मन्त्रालयले वीर अस्पताल परिसरमै रहेको ट्रमा सेन्टरलाई कोभिड अस्पताल बनाउने निर्णय गर्यो र लगत्तै शनिबार मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरसको युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गर्‍यो,सरकारले तत्कालै ५०० शय्याको कोरोना युनिफाइड अस्पताल बनाउने निर्णय गरेपनि वीर अस्पतालको नयाँ भवन भने अझै सञ्चालनमा आउँन नसक्नु अत्यन्त दुस्खद र लज्जास्पद बिषय भएको महामन्त्री तिमल्सिनाले बिज्ञप्तिमा उल्लेख गरेका छन ।अस्पतालले आफ्नो नयाँ भवनमा बिरामी राख्नका लागि सबै तयारी पूरा भएको तर अक्सिजन नभएपछि कोरोना संक्रमितलाई राखेर उपचार सुरु गर्न सकेको छैन।

वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्देशन अनुसार नयाँ भवन सञ्चालनका लागि तयार गरिए पनि अक्सिजन नपाइएपछि सञ्चालन हुन नसकेको बताइन्। दैनिकजसो कोरोना संक्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाइरहेको अवस्था छ,यति बेला शय्या र स्वास्थ्यकर्मीले मात्र केही हुन्न । आइतबारदेखि नै सञ्चालन गर्ने तयारी गरेका थियौं, तर अक्सिजनको समस्याले गर्दा सञ्चालन गर्न सकिएन,’ उनले भनिन्, ‘अक्सिजनको व्यवस्था भयो भने मात्र पहिलो चरणमा १०० बेड सञ्चालनमा ल्याउने योजनामा छौं। सरकारले निर्णय गरेअनुसार तत्काल ५०० बेड सञ्चालन गर्न सम्भव नभएको उनको भनाई छ।‘कोरोना संक्रमितको उपचारमा अक्सिजनको जरुरत हुन्छ, यो भवनमा अक्सिजनको स्रोतको सुनिश्चितता नभई ५०० बेड सञ्चालनमा ल्याउन सक्दैनौं ।

वीर अस्पतालमा सुरुवाती अवस्थामा ८ वटा आइसियु र १६ वटा वार्ड संक्रमितका लागि व्यवस्थापन गरेकोमा कोरोना संक्रमित बढ्दै जाँदा नयाँ भवन सञ्चालनमा नआएकाले बिरामीको चाप थेग्न नसक्ने अवस्था रहेकोले नयाँ भवन पूर्ण रुपमा सञ्चालनमा आएमा करिब ७०० कोरोना संक्रमितको उपचार गर्न सकिने स्थिति भएपनी सरकाले अक्सिजनको व्यवस्थापन नगरेको कारण कोरोना संक्रमितको उपचार सुरु हुन नसक्नुले सरकार र स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारी प्रष्ट भएको महामन्त्री तिमल्सिनाले बताए ।



प्रतिक्रिया दिनुहोस्