Logo

प्रधानमन्त्रीको सपथ बदर गरी पूनः सपथ गर्न/गराउन जसपाको माग (विज्ञप्तीसहित)



काठमाडौं, २ जेठ । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै लिएको सपथले राष्टपति र प्रधानमन्त्री पदको मर्यादामा आँच आएको भन्दै पूनः सपथ गराउन माग गरेको छ । आज जसपाका अध्यक्ष यादवले विज्ञप्ती निकालेर यस्तो माग गरेका हुन् ।

उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ-‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ। ’

त्यस्तै, कोरोनाको दोस्रो लहरले जनता आक्रान्त भएको भन्दै सरकारले यथाशक्य चाँडो स्वास्थ्योपचारको बन्दोबस्द गर्नुपर्ने पनि माग गरेका छन् । अक्सिजन, भेन्टिलेटर उपलब्ध गराउनपनि यादवले सरकारसमक्ष माग गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्