Logo

अरब सागरको चक्रवातको असर भारतमा, नेपालमा प्रत्यक्ष असर नपर्ने



काठमाडौं, २ जेठ । अरब सागरको शक्तिशाली चक्रवातको असर दक्षिणी भारतमा परेको छ । ‘टाउक टे’ नामको चक्रवातले भारतको केरला, कर्नाटक, गोवा र महाराष्ट्रमा बढी परेको छ । केरला र कर्नाटकमा आँधीसहित भारी वर्षा भएको छ । केरलामा दुई र कर्नाटकमा दुईजनाको मृत्यु भइसकेको छ ।

चक्रवातको अबको १२ घन्टामा चक्रवातको ठूलो असर देखिने भारतको मौसम पूर्वानुमान विभागले जनाएको इन्डियन एक्सप्रेसले लेखेको छ । मङ्गलबार गुजरातको समुन्द्री किनारबाट अगाडि बढ्ने अनुमान गरिएको छ ।

यसैगरी, मौसम पूर्वानुमान महाशाखाले हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात टाउक टे अझ विकसित हुने क्रममा रहेको उल्लेख गरेको छ । चक्रवात उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको र त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्ने जनाएको छ । तर, केही असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्