Logo

भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’



काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो ।

हालै पैदा भएका कोरोनाविरुद्धका मुख्य प्रकारलाई निष्कृय पार्न कोभ्याक्सिन प्रभावकारी देखिएको मेडिकल जर्नल क्लिनिकल इन्फेक्टिअस डिजिजेजमा प्रकाशित अध्ययनको निष्कर्ष छ । भारत बायोटेककी निर्देशक सुचित्रा एलाले ट्वीटमार्फत जर्ननमा प्रकाशित अध्ययनबारे उल्लेख गर्दै कोरोना भाइरसको नयाँ प्रकारविरुद्ध सुरक्षित बनाउन सक्ने तथ्यले देखाएको लेखेकी छिन् ।

अध्ययनले भारतले विकास गरेको कोभ्याक्सिन ७८ प्रतिशत प्रभावकारी देखाएको छ । हालसम्म विश्वमा विकास भएक ८ भ्याक्सिनमध्ये प्रभावकारीको दृष्टिले यो पाचौं नम्बरमा छ ।



प्रतिक्रिया दिनुहोस्