Logo

बङ्गलादेशमा मे २३ सम्मका लागि लकडाउन थपियो



२ जेठ: बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन) लाई मे २३ सम्म विस्तार गरेको छ ।

बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै पछिल्लो निर्णय घोषणा गरेको हो ।

दोस्रो लहरको कोभिड–१९ विरूद्ध लड्न बङ्गलादेशले पहिलो पटक अप्रिल १४ देखि अप्रिल २१ सम्म बन्दाबन्दी घोषणा गरेको थियो ।

आठ दिनको बन्दाबन्दीलाई विभिन्न चरण गरी मे १६ अर्थात् आइतबारसम्म विस्तार गरिएको थियो ।

पछिल्लो परिपत्र अनुसार राजस्व सङ््कलनसम्बन्धी कार्यालय र संस्थालाई लकडाउनको दायरामा राखिएको छैन । यस अवधिमा होटल र रेष्टुरेन्टहरूले उक्त अवधिमा आफ्ना सेवालाई ग्राहकसम्म पु¥याउन वा अनलाइन सेवाहरू प्रदान गर्न पाउने छन् ।

मार्चदेखि फैलिएको कोभिड–को दोस्रो लहरका कारण सङ्क्रमण दरमा थप वृद्धि देखिएपछि शनिबार रातिदेखि बङ्गलादेशले सबै माध्यमिक र उच्च माध्यमिक शिक्षा संस्थानहरू बन्द गर्ने निर्णय गरेको छ ।

देशको स्वास्थ्य सेवा महानिर्देशालयका अनुसार कोभिडका कारण पछिल्लो २४ घण्टामा ३६३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने २५ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा १२ हजार १४९ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ भने सङ्क्रमित सङ्ख्या सात लाख ८० हजारभन्दा बढी पुगेको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्