Logo

माधव नेपालद्वारा दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन माग



काठमाडौं, ३ जेठ । नेकपा एमालेका नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई रहस्यमीय भन्दै यथार्थ पत्ता लगाउन माग गरेका छन् । आज २८औं मदन-आश्रित स्मृति दिवसमा श्रद्धाञ्जली व्यक्त गर्दै भण्डारीले २८ वर्ष बितिसक्दा पनि घटनाको रहस्य बाहिर नआएको भन्दै यथार्थ पत्ता लगाउन माग गरेका हुन् ।

‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन,’ नेपालले विज्ञप्तिमा भनेका छन्, ‘त्यसैले दासढुङ्गा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

नेता नेपालले घटनासँग जोडिएको अमर लामाको रहस्यमय हत्या हुनुले झनै रहस्यमय बनाएको बताएका छन् ।

नेपालले कम्युनिस्ट आन्दोलनमा अविचलित रही बढ्नुपर्नेमा समेत जोड दिएका छन् । उनले भण्डारीले प्रतिवादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुन कसैलाई नभएको समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्