Logo

ओबामाले दोहोर्‍याएका थिए सपथ



काठमाडौं, जेठ ३ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सन् २००९ मा पहिलो पटक राष्ट्रपतिमा निवार्चित भएपछि लिएको सपथ ग्रहणमा उच्चारण भएका शब्दको सिलसिला नमिलेपछि दोस्रो पटक सपथ लिनुपरेको थियो।

उनलाई सपथ ग्रहण गराइरहेका अमेरिकी सर्वोच्च अदालतका मुख्य न्यायाधीश जोन रोबर्टसले सपथ ग्रहण गराइरहँदा शब्द उच्चारणमा सिलसिला नमिलाएका कारण ओबामाको पहिलो सपथ ग्रहणले वैधता पाएको थिएन। त्यसपछि उनले दोस्रो पटक सपथ लिनुपरेको थियो।

अमेरिकी संविधान अनुसार ‘म इमानदारीका साथ संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको कार्यान्वयन गर्नेछु’ भन्नुपर्नेमा ओबामाले ‘म संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको पदको इमानदारीका साथ कार्यान्वयन गर्नेछु’ भनेपछि उनले दोहोर्‍याएर सपथ खानुपरेको थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्