Logo

जबजको राप, ताप र प्रकाशमा नेपाली समाज हिमनदीझैं निरन्तर अघि बढिरहेको छ : बाँस्कोटा



काठमाडौं, ३ जेठ । नेकपा (एमाले) का नेता गोकुल प्रसाद बाँस्कोटाले जनताको बहुदलीय जनवादको राप, ताप र प्रकाशमा नेपाली समाज हिमनदीझैं निरन्तर अघि बढिरहेको बताएका छन् । उनले २८ वर्ष पहिले आजकै दिन नेपाली जनताले युगद्रष्टा, जननेता तथा नेपालको लोकतान्त्रिक कम्युनिष्ट एवम् राष्ट्रवादी आन्दोलनको सर्वकालिक नेतृत्व गुमाएको भन्दै मदन भण्डारी र जीवराज आश्रितलाई सम्झिएका छन् ।

मदन भण्डारी र जीवराज आश्रितको २८ औं स्मृति दिवसमा उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो लेखेका हुन् । उनले भनेका छन्-‘अठ्ठाइस वर्ष पहिले आजकै दिन नेपाली जनताले युगद्रष्टा ,जननेता तथा नेपालको लोकतान्त्रिक,कम्युनिष्ट एबं राष्ट्रवादी आन्दोलनको सर्वकालिक नेतृत्व गुमाएको थियो।जनताको वहुदलीय जनवादको राप,ताप र प्रकाशमा नेपाली समाज हिमनदी झै निरन्तर अधि बढिरहेको छ।भावपुर्ण श्रध्दाञ्जलि मदन-आश्रित प्रति!’



प्रतिक्रिया दिनुहोस्