Logo

संक्रमण दर ८ प्रतिशत घट्यो



काठमाडौं, जेठ ३ । गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४५ जनाको मृत्यु भएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार १ पुगेको छ। तीमध्ये एक हजार ९६९ जनाको मृत्यु बितेको डेढ महिनामा भएको हो। कोरोनाको दोस्रो लहर सुरु भएपछि मृत्युदर निकै बढेको छ। अघिल्लो वर्ष बढीजसो ६० वर्षमाथिकाको मृत्यु भएकोमा यसपटक भने युवा तथा बालबालिकाले पनि ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३७।०५ प्रतिशत रहेको छ। त्यस अवधिमा परीक्षण भएका १९ हजार ८ सय ८३ नमुनामध्ये ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एक साताअघिको तुलनामा संक्रमणदर ८ प्रतिशतले घटेको छ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा २ हजार ५ सय ६९ संक्रमित थपिएका छन्। अघिल्ला दिनको तुलनामा आइतबार संक्रमण दरमा मात्र नभएर मृतक संख्या र संक्रमितको संख्यामा समेत कमी आएको छ। निषेधाज्ञाको प्रभावका कारण काठमाडौं उपत्यका र केही मुख्य सहरमा संक्रमण दर घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीले बताए। संक्रमण गाउँगाउँमा फैलिसकेको हुनाले अहिल्यै घटेको या बढेको भनेर निष्कर्ष निकाल्न नसकिने पनि उनले प्रस्ट पारे।

आइतबार साँझासम्म नेपालमा कुल संक्रमित संख्या ४ लाख ५५ हजार २० पुगेको छ। हाल देशभरिमा १ लाख १० हजार २ सय ६३ जना सक्रिय संक्रमित छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा केस म्यानेजमेन्ट शाखाका प्रमुख उत्तम कोइरालाले समुदायमा व्यापक परीक्षण गर्ने हो भने संक्रमितको संख्या योभन्दा धेरै हुन सक्ने बताए। उनले भने, ‘यो वर्ष गत वर्षको जस्तो कन्ट्याक्ट टे«सिङ र परीक्षण भएको छैन।’

यसैबीच सरकारले चीन र ओमनबाट प्राप्त सिलिन्डर सबै प्रदेशमा वितरण गरिने जनाएको छ। चीनबाट आइतबार साँझसम्म २ हजार र ओमनबाट ५ सय ६० सिलिन्डर प्राप्त भएका छन्।सिलिन्डरसहित अक्सिजन उत्पादन कार्य बढाएपछि पहिले जस्तो अभाव नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्