Logo

सूर्य थापाले जिते कोरोना



काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना संक्रमणलाई जितेका छन् । आज सामाजिक सञ्जालमाफैत थापाले आज दश दिनमा कोरोनालाई पराजित गरेको जानकारी गराएका छन् । उनले लेखेका छन्-“सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे छ । अघिल्लाे शुक्रबार स्वाव परीक्षण गराउँदा पाेजिटिभ रिपाेर्ट आएकाे जानकारी गराएकाे पनि थिएँ । ताेकिएअनुरूप हाेम आइसाेलेसनमा बसेर दशाैं दिनमा हाम्राे घरभित्र सबैबाट दाेस्राे भेरिएन्ट निस्तेज र परास्त नै भएको छ ।”

थापाले सोसल मिडियाका वालहरूमा थुप्रै परिचित स्वजनहरू गुमाउनुपरेका जानकारीले आइसोलेसनमा बस्दा अति नै छट्पटी हुने गरेको स्मरण गराए । अझ होनहार युवाहरूको प्याट्टप्याट्ट मृत्यु भएको देख्दा होस हवास नै उडेसरह हुने गरेको र रातभरि निद्रासमेत नलागेको उनले आफ्नो अनूभुति सुनाएका छन् ।

सम्पूर्ण आदरणीय तथा शुभचिन्तक मित्रहरू !
आज यहाँहरू सबैमा काेराेना संक्रमणलाई दाेस्राेपटक पनि पराजित गरेकाे सुखद जानकारी गराउन पाउँदा मलाई अत्यन्तै खुशी लागेकाे छ ।
अघिल्लाे शुक्रबार स्वाव परीक्षण गराउँदा पाेजिटिभ रिपाेर्ट आएकाे जानकारी गराएकाे पनि थिएँ । ताेकिएअनुरूप हाेम आइसाेलेसनमा बसेर दशाैं दिनमा हाम्राे घरभित्र सबैबाट दाेस्राे भेरिएन्ट निस्तेज र परास्त नै भएको छ ।
साेसल मिडियाका वालहरूमा थुप्रै परिचित स्वजनहरू गुमाउनुपरेका जानकारीले आइसाेलेसनमा बस्दा अति नै छट्पटी हुन्थ्याे । अझ हाेनहार युवाहरूकाे प्याट्टप्याट्ट मृत्यु भएकाे देख्दा हाेस हवास नै उडेसरह हुन्थ्याे र रातभरि निद्रासमेत लाग्दाेरहेनछ !
महामारी सामान्य छैन। यसलाई सामन्य अवस्थामा जस्ताे लिएर हेलचक्र्याइ गर्नु अझै मुर्खता हाे ।अक्सिजनकाे लेभल कम हुनासाथ हेलिकप्टरकै खाेजी गर्ने, सार्वजनिक पदाधिकारीकाे शक्ति जाँच्न खाेज्ने, आफनाे वरिपरि उपलब्ध काेशिश गर्नेभन्दा टेलिफाेन गरेर ज्यान बचाइदिन याचना गर्दै रूने व्यक्तिहरूलाई म स्वयं उहाहरूजस्तै काेराेनासँग जुधिरहेकाे पनि थाहा नहुँदाेरहेछ ! आइसाेलेसनमा सबभन्दा इरिटेड बनाउने पक्षचाहिं तारन्तार बज्ने माेबाइलकाे घण्टी र सामान्य स्थितिमा जस्ताे इन्फर्मेसन र कन्फरमेशनकाे खाेजीमा सक्रिय मित्रजनहरूका कारणले हुँदाेरहेछ ! कतिपयले सार्वजनिक पूर्वसूचनाकाे नै हेक्का नराखी यसाे गर्न रूचाउने र अझ विरामीसँगै स्वास्थ्यस्थितिबारे स्वयंले कुरा गर्न खाेज्ने प्रवृत्तिसमेत देखाउँदा निकै आहत पार्दाेरहेछ! सार्वजनिक जिम्मेवारीमा रहेका हामीजस्ता मान्छेहरूले यस्ताेमा चित्त दुखाएर पनि के गर्नु र ?
काेभिड पाेजिटिभकाे सार्वजनिक जानकारी गराउने भनेकाे मूलत: कन्टयाक्ट ट्रेसिङलाई सजिलाे बनाउन र भेटघाट भएका व्यक्तिहरूलाई सावधानी अपनाउन सहज बनाउन नै थियाे। धेरै मानिससँग भेट हुने हामीजस्तालाई याे बाध्यता हुन्छ । तर यस्ताे जानकाकाे दुरूपयाेग गरेर केही दुष्ट र अपराधिक तत्वहरूले म जउँदाे मान्छेलाई “रिप” लेख्ने, श्रद्धाञ्जलि भन्ने र मृत्युकाे कामनासमेत गर्ने गरेकाे नीच व्यवहार मैले दुबै पटक भाेगें । मुख्यत: खाडी र मलेशियामा बस्दै आएका एवं “युगपुरूष प्रचण्ड” जस्ता ग्रुप, फेक आइडी र नियाेजित रूपमा परिचालित तत्वहरूले यसढंगले मेराे हुर्मत लिने घृणित कार्य गरे । जबकि म आंशिक रूपमा साेसल मिडियाका प्लेटफर्महरूमा उपलब्ध नै रहेकाे थिएँ । खासमा तिनकाे दुर्भाग्य नै भनाैं, दुराशयपूर्ण त्यसखाले इच्छा र चाहना काम लागेनन् र मैले काेराेनालाई फेरि जित्न सकें ।
यस घडीमा सबै आदरणीयजन, शुभेच्छुक र मित्रजनहरूकाे शुभकामनाका निम्ति म विशेष रूपमा कृतज्ञ र आभारी छु ।
अब सबैसँग सावधानीका साथ नियमित काममा भेट हुनेछ ।
अन्त्यमा,
यश क्रममा मन परेकाे एउटा कसैकाे सार्वजनिक सन्देश यहाँ प्रस्तुत गर्न चाहन्छु-
“हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक खोकी अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक रुघा अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
हरेक जिउको थकान अन्य प्रमाणित नभएसम्म कोभिड हो ।
अस्ति पानीमा भिजेको, हिजो दही खाएको, आज बाटोको धुलोले यस्तो भएको भनेर गाउँघर चाहार्दै नहिडौँ ।
सक्छौँ, उपलब्ध छ भने परीक्षण गराऔँ ।
छैन घरका परिवारसँग पनि छुट्टै बसौँ ।
दुई हप्ता सरकारलाई गाली गर्दै हिड्नुको साटो दुई हप्ता घरमै बसाैं, दुई हप्तापछि सरकारलाई धन्यवाद दिन तयार रहाैं !”



प्रतिक्रिया दिनुहोस्