Logo

सोल्टी होटलको १३ करोड ६६ लाख नाफा



काठमाडौं, ३ जेठ । सोल्टी होटलले सोमबार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्ष १४ करोड ५ लाख ४७ हजार खुद नाफा गरेको होटलले चालु आवमा सोही अवधिमा १३ करोड ६६ लाख ३८ हजार खुद गरेको हो । गत वर्षको तुलनामा खुद नाफा घटेको हो ।

होटलको चालु आवको कुल खर्च मात्र ४४ करोड ४९ लाख ७४ हजार भएको छ भने कुल आम्दानी ३० करोड ८७ लाख ४७ हजार रुपैयाँ मात्र गरेको विवरणमा उल्लेख गरिएको छ । पहिलो वर्षको कोरोना महामारीका कारण सम्पुर्ण होटलहरु प्रभावित भएका हुन् । होटलले सार्वजनिक गरेको विवरणमा कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख रुपैयाँ ८९ हजार उल्लेख गरिएको छ ।

त्यस्तै, ८४ करोड २५ लाख ७९ हजार हाल चुक्तापुँजी रहेको होटलको जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार सुरक्षित रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७.९६ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्