Logo

कोरोना संक्रमितलाई ग्लोबल आईएमई लघुवित्तद्धारा आर्थिक सहयोग



काठमाडौं, ३ जेठ । कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ ।
लघुवित्तले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँ बराबरको नगद सहयोग वितरण गरेको हो ।

यसको साथै संस्थाले लमजुङमा रहेको सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण पनि गरेको छ । वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले सामान तथा रकम वितरण गरेका हुन् ।

संस्थाको अनुसार हाल १,२४,९४७ जना सदस्य रहेका छन् भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार शुरु गरेको हो ।

हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ । सहयोग वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले, वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिईने बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्