Logo

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने



काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले १३ अर्ब ७४ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो । राष्ट्र बैंकको अनुसार ९१ दिन, १८२ दिन र १ वर्षको लागि १३ अर्ब ७४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

भोली जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुने जनाइएको छ । बैंकले ९१ दिनको लागि २ अर्ब रुपैयाँ र यो ट्रेजरी बिल भदौ १ गते मात्र परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ९ अर्ब ८५ करोड रुपैयाँ र यो ट्रेजरी कात्तिक ३० गते परिपक्व हुनेछ । र यसैगरी, १ वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी २०७९ जेठ ३ गते परिपक्व हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्