Logo

होम आइसोलेसनमा बस्दा अपनाउनुपर्ने यी सावधानीहरु



कोरोना संक्रमित भएपछि डाक्टरहरुले सबैभन्दा पहिला होम आइसोलेट हुन सल्लाह दिन्छन् । कोभिडको मास्क लगाउनु, सेनेटाइजरको प्रयोग र भिडभाँडमा नजानु जस्ता नियमहरु हुन् । तर, होम आइसोलेट हुँदा केही सावधानी अपनाउनु पर्छ, अलिकति मात्र हेलचक्राई गर्दा परिवार पनि संक्रमित हुन सक्छन् ।

हावाबाट फैलन्छ संक्रमणः कोरोनाको विषयमा जारी अनुसन्धानबाट धेरै भाइरस तिव्र हावाबाट फैलिएको पत्ता लागेको छ । जसलाई एरासोल ट्रान्समिशन भनिन्छ । मुखबाट निस्केको पार्टिकल्सको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ ।

घरमा सावधानी अपनाउनुहोस्ः यदि आइसोलेशनमा बस्नुपर्ने हो भने हावा खेल्ने कोठामा बस्नुपर्छ । झ्याल ढोका खुल्ला राख्नुपर्छ । बन्द कोठामा संक्रमण फैलने सम्भावना बढी हुन्छ ।

घरमा दुरी बनाएर बस्नुहोस्ः पुरै परिवार घरमै भएपनि दुरी बनाएर बस्नुपर्छ । यदि घरमा कोही संक्रमित भएमा एउटा कोठामा राख्नुपर्छ । नडराउनु होस् संक्रमितलाई १० मिटर टाढा राख्दा अरुलाई केही पनि हुँदैन । रिपोर्ट नेगेटिभ नआएसम्म नजिक नजानुहोस् ।

एसीको प्रयोग कम गर्नुहोस्ः एसी चलाउदा पुरै कोठा बन्द हुन्छ । बन्द कोठामा एयरोसोल कणहरुको संचय बढी हुनाले धेरै असर पार्छ । कोठाको भेन्टिलेसन खुल्ला राख्नुपर्छ । बाथरुम पनि सफा राख्नुपर्छ । – Agency

 



प्रतिक्रिया दिनुहोस्