Logo

कोरोना संक्रमणबाट साउथ कलाकार नितिशको मृत्यु



ऐजेन्सी, ३ जेठ । भारतमा कोरोना भाइरसको दोस्रो भेरियन्ट बढेसँगै लाखौ निर्दोष मानिसहरुले ज्यान गुमाइसकेका छन् । यस क्रममा केही कलाकारहरुको पनि संक्रमणबाट निधन भएको छ ।

आज साउथ उद्योगका एक कलाकारको निधन भएको छ । साउथ कलाकार नीतीश वीराको कोरोना संक्रमणबाट सोमबार निधन भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ४५ वर्षीय साउथ कलाकार नीतीशको सोमबार बिहान चेन्नईको ओमान्दुरर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । नीतीशले केही ठुला फिल्ममा पनि काम गरेका थिए ।

उनले सुपरस्टार रजनीकान्तको काला, धनुषको असुरनमा शानदार काम गरेका छन् । वेनिला कवाडी कुझु, विजय सेतुपतिकी लाबम जस्ता ठुला र उत्कृष्ट फिल्ममा काम गरेका थिए । नीतीशको मृत्यु भएपछि तमिल फिल्म उद्योगले आज शोक मनाइरहेको छ । उनलाई सामाजिक सञ्जालमा प्रंशसकहरुले श्रद्वान्जली दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्