Logo

कोरोना कहर: विवाह गरेको १२ दिनमा बेहुलाको निधन



बर्दिया, ३ जेठ । बर्दियामा १२ दिन अगाडी विवाह गरेका एक युवकको मृत्यु भएको छ । २५ वर्षीय युवकको कोरोना संक्रमणको कारण विवाहको १२ दिनमै हिजो बर्दियामा निधन भएको हो । बैशाख १२ गते उनको विवाह भएको थियो ।

नेपालमा हालसम्म ४ लाख ५५ हजार २० जना संक्रमित छन भने ३ लाख ३९ हजार ७८६ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट ५ हजार १ जनाले ज्यान गुमाइसकेका छन् । हिजो मात्रै १४५ जनाको संक्रमणबाट निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्