Logo

नेप्से २० अंकले बढ्दा ९ अर्बको कारोबार



काठमाडौं, ३ जेठ । आज शेयर बजार परिसुचक २० अंकले बढेको छ । सोमबार ०.७६ प्रतिशत अर्थात २०.७१ अंकले बढेर २७ सय ५९ दशमलव २१ उच्च विन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.४५ अंकले बढेर ४९२ दशमलव ५८ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचक अनुसार आज २१८ कम्पनीका १ लाख १ हजार ९१८ पटक कारोबार भएर ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ । आज होटल तथ ाटुरिजम, डेभलपमेन्ट बैंक र म्यानुफ्याक्चर एण्ड प्रोडक्टको बाहेक सबै उपसमुहको सुचक बढेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्