Logo

शेयर बजार २७ सय ५९ विन्दुमा पुग्दा यी कम्पनीको कारोबार उच्च



काठमाडौं, ३ जेठ । सोमबार शेयरबजार २० दशमलव ७१ अंकले बढेको छ । ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ रुपैयाँ बराबरको १ करोड ९० लाख ५६ हजार २३९ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको हो । कम्पनीको ६६ करोड १ लाख भन्दा बढीको शेयर कारोबार भएको छ । कम्पनीको १६ सय ४३ रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४२ करोड ६९ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । टेलिकमको १४ सय ४ रुपैयाँ प्रतिकित्ता अन्तिम शेयरमुल्य कायम भएको छ । यसैगरी, शिखर इन्स्योरेन्सको ३१ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । इन्स्योरेन्सको २२ सय २० रुपैयाँ प्रतिशेयर मुल्य कायम भएको छ ।

आज अरुण कावेली पावरको २५ करोड, अपर तामाकोशी जलविद्युतको २१ करोड भन्दा माथिको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्