Logo

एमाले कार्यदलको बैठक आज नबस्ने



काठमाडौं, ३ जेठ । नेकपा (एमाले) को विवाद समाधानको लागि गठित दश सदस्यीय कार्यदलको बैठक आज नबस्ने भएको छ । कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले पत्रकार ऋषि धमलालाई दिएको जानकारअनुसार आज बैठक नबस्ने भएको हो । हिजोमात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै पक्षबाट ५/५ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ संयोजक छन् भने नेपाल पक्षबाट डा. भीम बहादुर रावल छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो भएको भेटवार्ताले दश सदस्यीय कार्यदल गठन गरेको हो । र, नाम पनि टुँगो लगाएको थियो । अब कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधानको लागि ठोस प्रस्ताव तयार पार्ने बुझिएको छ ।

तर, नेपाल पक्षले एकताको लागि पार्टीलाई ०७५ जेठ २ गते फर्काउनुपर्ने अडान राखेको र फागुन २८ गते र त्यसपछिका निर्णय खारेजीको माग गरेको छ । यसमा ओली पक्षधर नेताहरुले भने मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरुले अब पार्टी धेरै अघि बढिसकेकोले पछि फर्कन नसक्ने अडान राखेका छन् । पछि फर्कनु भनेको प्रतिगामी कदम हुने उनीहरुको टिप्पणी छ । file photo/reportersnepal



प्रतिक्रिया दिनुहोस्